भारतको पहिलो जित, अफगानिस्तान पराजित

-


     कालिका दर्शन     
     कार्तिक २२ गते २०७८ मा प्रकाशित


Indian players applaud teammate Hardik Pandya who took a catch to dismiss Afghanistan's Rahmanullah Gurbaz during the Cricket Twenty20 World Cup match between India and Afghanistan in Abu Dhabi, UAE, Wednesday, Nov. 3, 2021. (AP Photo/Aijaz Rahi)

उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो ।

जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे । यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको बिशाल योगफल तयार पारेको थियो ।

भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ६९ रन बनाए । भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ ।

सुपर-१२ को समूह-२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेलनै हारेको छ ।

बुधबार सुपर-१२ को समूह-२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ । १७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट ईश सोधीले २ विकेट लिए । यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।