
कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् ।
धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।
यी दिनमा नकाट्नुस् कपाल शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ । ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो ।
शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।
शास्त्रका अनुसार मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।
शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ । बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।
कुन बार शुभ कुन बार अशुभ
आइतबार : आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतकव अनुशासन पर्वमा उल्लेख छ ।
सोमबार : सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।
मंगलबार : मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।
बुधबार : नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।
विहीबार : विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।
शुक्रबार : शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।
शनिबार : शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।