राष्टियस्तरको शालिग्राम भजन महोत्सबको तयारी

-


     कालिका दर्शन     
     मंसिर २ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका-४ कुडुले फेदीमा राष्टियस्तरको भजन महोत्सव हुने भएको छ। आगामी मंसिर महिनाको २२ देखि २८ गतेसम्म सात दिवसिय भजन महोत्सवको तयारी थालिएको कालिका भगवति गुठीका निबर्तमान अध्यक्ष एवं भजन महोत्सवका संयोजक राजु खड्काले जानकारी दिनु भयो।

बागलुङको कुडुले फेदीमा रहेको तिरुपति बालाजी धाम, मुक्तिनाथ बेदबिध्याश्रम,शालिग्राम संग्रालयको प्रबर्धन,प्रचार प्रसार तथा धार्मिक पर्यटन बिकासका लागि बिविध मनोरन्जनात्मक,सन्देस मुलक कार्यक्रमका साथ भजन महोत्सब गर्न लागिएको संयोजन खड्काले कालिका दर्शनलाई बताउनु भयो।

लामो समय कोबिटले पारेको प्रभाबबाट आम नागरिक पुरानो अबस्थामा फर्कने क्रममा देखिएका छन। यो पटकको भजन महोत्सबमा न्यूनतम ५० समुह सहभागी हुनसक्ने बागलुङ भजन समितिका अध्यक्ष एवं महोत्सबका सह-संयोजक टेक बहादुर क्षत्रि संगमले जानकारी दिनु भयो।भजनलाई ब्यवस्थित रुपमा संचालनका लागी बिभिन्न उपसमितिहरु बनाईने उहाले बताउनु भयो।

प्रसिध्द कालिका मन्दिरबाट करिब ५ किलोमिटर नजिक रहेको यो स्थलमा बिद्वान स्वामी श्रीधराचार्यले स्थापना गरेको मन्दिर रहेको छ।पछिल्लो समय स्वामी ऋृषिप्रपन्नाचार्यको नेतृत्वमा भैरहेको योजना र कार्यले धार्मिक पर्यटकहरुको माझ आकर्षण बन्दै गरेको पाईन्छ। करिब १ लाख शालग्राम मानब निर्मित गुफामा राखिएको छ।