बागलुङ नगरपालिका-७ मा रहेको पर्यटकिय गन्तब्य संसारकोटमा मन्दिर तथा सत्तल निर्माणका लागी स्थानिय समुदायहरुले सक्रियता बढाएका छन। संसारकोट मन्दिर संरक्षणका लागी संघिय सरकारबाट १० लाख रकम बिनियोजन भएकाले शुक्रबार बसेको भेलाले योजना सम्झैता तथा निर्माण कार्यका लागी धन बहादुर कार्किको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको छ।
समितिमा सचिब सिता कुमारी पोखरेल कार्कि,कोषाध्यक्ष श्याम बहादुर कार्कि तथा सदस्यहरुमा पुर्ण प्रसाद गैरे,नन्दलाल पाध्या,गणपति निउरे, उजेली कार्कि,शोबिता कार्कि,गणेश कार्कि रहेका छन।यसै गरी अनुगमन तथा सुपरिबेक्षण समितिमा संयोजक जय बहादुर कार्कि,सदस्य पदम बहादुर गौतम र धन कुमारी केसी रहेका छन।
संसारकोट क्षेत्रको बिकास,पुर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि बानपा-७ का वडा सदस्य केशब कार्किको अध्यक्षतामा संसारकोट ब्यवस्थापन समिति यस अगाडि नै गठन गरिएको थियो।यस क्षेत्रमा जाने पर्यटकहरुका लागी बाटो निर्माण,पानि तथा बिश्रामस्थलका लागी सहयोगी ब्यक्ति तथा स्थानियहरुको सहभागितामा कामहरु भैरहेको वडा सदस्य कार्कीले बताउनु भयो।
यस बर्षदेखि मन्दिर तथा सत्तल निर्माणको कार्यलाई अगाडि बढाउन लागेको र सबैको सहयोग हुने बिश्वास कार्किको छ। मन्दिर तथा सत्तल निर्माण पछि यस क्षेत्रमा पर्यटकहरुको आगमन ह्वातै बढ्ने पनि उहाले बताउनु भयो।
संसारकोट करिब २४०० मिटरमा रहेको बन जंगल सहितको उच्च सम्भाबना भएको क्षेत्र हो। यहा रहेका ५ कोटहरु मध्ये संसारकोट माथिल्लो उचाईमा रहेको चुचुरो हो।कुनै समय यहा स्थानिय शाषकहरु बस्ने गरेको अनुमान गरिन्छ।पछिल्लो समय पुरातत्व बिभागले यस क्षेत्रको अध्ययन तथा बिकासमा रुचि देखाएको छ।