बाङ्गेचौरमा प्याराफिट बन्दै

-


     कालिका दर्शन     
     पौष ११ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका-१ रामरेखामा रहेको खेल मैदान बाङ्गेचौरमा आधुनिक रङ्गशाला निर्माणको तयारी हुदैछ। यसै कार्यका लागि यो बर्ष संघिय सरकारले १ करोड ७१ लाख रकम बिनियोजन गरेपछी बागलुङ नगरपालिकाले पनि १ करोड ७१ लाख रकम यसै योजनालाई छुट्याएको छ।

जग्गा ब्यवस्थापनमा सहज वातावरण बनेमा यो बर्ष ३ करोड ४२ लाखबाट काम शुरू गर्न सकिने गरी प्याराफिट निर्माणका लागी बोलपत्रको तयारी गरिएको बागलुङ नगरपालिकाका ईन्जिनियर मनोज शर्माले बताउनु भयो। शर्माका अनुसार आगामि आ ब को ८०/८१सम्ममा ८ करोड २२ लाखको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।पहिलो चरणमा ९० मिटर लम्बाई रहेको प्याराफिट निर्माण गरिने छ। यो भित्र कभर्ड हल,शौचालय,चेन्जिङ कोठा आदी रहने छन। गत बर्ष तयार गरिएको डिपिआर अनुसार काम गर्न लागिएको इन्जिनियर शर्माले जानकारी दिनु भयो।

रङ्गशाला तयार भएमा २५ हजार दर्शकले खेल अवलोकन गर्न सक्ने छन।बाङ्गेचौरको पुर्व तर्फ प्याराफिट बनाउने तयारी रहेको योजना अधिकृत युक्तप्रसाद सुबेदीले बताउनु भयो।

बाङ्गेचौर रङ्गशाला निर्माणका लागि नगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरेको छ।नगर प्रमुख जनकराज पौडेलले लामो समयपछि बाङ्गेचौर रङ्गशाला बन्न लागेकोले सबैको सहयोग रहने बिश्वास ब्यक्त गर्नु भयो।यहाका धेरै खेलाडीहरू अन्तराष्टिय गेम खेले पनि प्रशिक्षणका लागी रङ्गशालाको अभाब थियो ,त्यो अब नरहने बताउनु भयो।

अन्तरक्रियामा वार्ड अध्यक्ष ध्रुब केसी, धौलागिरी बहिरा बिध्यालयका अध्यक्ष केबी राना,रामरेखा आधारभुत बिध्यालयका अध्यक्ष भुपेन्द्र केसी,खेलकुद समितिका पुर्ब अध्यक्ष लक्ष्मण श्रेष्ठ , वरिष्ठ भारोत्तोलन प्रशिक्षक बिकास शाक्य लगायत सहभागीहरूले आ-आफ्ना भनाई राख्नु भएको थियो। बाङ्गेचौर रङ्गशाला निर्माणको कार्य शुरु हुन लागेकोमा खेलप्रेमीहरुले खुशी ब्यक्त गरेका छन्।