जोडि परेवा -२ उडयो मालचरा युटुबको ट्रेण्डिङ नं १ मा

-


     केपि कुमार जलन    
     पौष १३ गते २०७८ मा प्रकाशित


संगितकार बिबि अनुरागिद्वारा सृजित उडयाो मालचरा युटुबको ट्रेण्डिङ नं १ मा कायमै रहेको छ । साराङगी खेलाउदै हुर्केका र गाउँ बस्ति बस्तिमा साराङगिको माध्यमबाट मिठा भाकाहरूमा साराङगि रेटदै आएका कलौटे गन्धर्वले साराङगिको भरमा बिहान बेलुकाको छाक टार्दे आएका थिए ।

टिकटकमा कलौटे र मुसिको जोडि निक्कै भाईरल बनेपछि संगितकार बिबि अनुरागिले उनिहरूको परीवार नै संगितमा रमाउन चाहाने र घरको अबस्था दुरअबस्थामा देखेपछि केही गित सृजना गर्ने सोच बनायपछि जोडि परेबा नामक गितले कलौटे गन्धर्वको घरमा एकाएक परिबर्तन ल्याईदियो जसको योगदान संगितकार बिबि अनुरागिको रहेको थियो जसको अभिबावक अनुरागि बन्न् पुगे जुन गित करोड कल्वमा प्रवेश मात्र गरेन मुसु कलौटे गन्धर्वको मुहारमा नै हासो ल्याईदियो ।

जो कलौटे परिबार स्टुडियो प्रबेश गर्ने शौभाग्य पायो , घरको टिनको छानो फेरियो सुत्ने पलङको ब्यबस्थापन भयो तेहि गन्धर्व परिबारको आवजमा रहेको गित उडयो मालचरा युटुबमा शिर्ष स्थानमा पुग्न सफल भएको छ ।कलौटे गन्धर्व , मुसि गन्धर्व,बिराज गन्धर्व,हेमराज गन्धर्व,सरस्वति गन्धर्व,मिलन गन्धर्व,र भरत गन्धर्वको आवाज रहेको यस गितको संगित संयोजन बिबि अनुरागि र सम्पुर्ण ब्यबस्थापन प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोले गरेको छ । निकै सरल भाषामा सृजना गरिएको शब्दले गरिबिको कथा ब्यथा लाई प्रस्फुटन गरेको छ , भिडियो बिबि अनुरागि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।