
हजारौं सपना मनभित्र सजाएर निश्चित समय कुनै देशमा काम गर्छु र कमाएको पैसाले आफ्नो परिवारको आवश्यकता पूरा गर्ने सपना सहित बिदेश पुगेका हुन्छन ।
अझ विशेष गरि त ९ महिना कोखमा राखेर आफ्नो शरीर बन्धक बनायर ताते बोल्दै गरेको स साना बाल बच्चा छाडेर प्रदेशिनु पर्दाको पीडा कुन नारीको मन खुसि होला र खै ।
घरक आर्थिक अबस्था नाजुक गरिबी र भोकमरीको पिडाले साहुको रिन बाल बच्चाको शिक्षा दिक्षाको लागि प्रदेश पस्दै गरेकी एक नारीको यथार्त कथालाई प्रस्तुत गरिएको यो लोक दोहोरी गित युटुबको ट्रेण्डिङमा समेत परेको छ । आफनो सन्तान छाडेर प्रदेश पस्दै गरेकि आमा र छोरा बिचको यो दोहोरीले हजारौं दर्शकहरुको मन जितेको छ ।
दूध खादै गरेको सन्तान चटक्कै छोडेर प्रदेश पसेकि आमा ती अबोध बालकको नजर बाट केही बर्षाको लागि बिदेश हानिन पुग्छिन अनि बच्चाको मस्तिष्कमा आमा भन्ने शब्द आउदैन आउछ त केबल वरिपरि का आफन्तिले सोधि हाले भने आज थुप्रै महिला दिदी बहिनिहरू गरिबी का कारण आफ्ना सन्तान छोडेर बिदेशियका छन ।
यहि सेरोफेरोमा रहेर अहिलेका बाल कलाकार सुप्रिम मल्ल र गायिक टीका सानू बिचको दोहोरी प्रस्तुत भएको थियो जुन दोहरीमा स्वयंम् टीका सानू हरेक शब्द शब्द मा आसु झारेकि थिइन भने संचालकको भुमिकामा रहेका संचारकर्मि कमल सरगमका आखामा पनि आसु देखियका थिए ।हरेक एपिसोडमा जस्तै प्राईम एच डि टेलिभिजन मार्फत आउने कार्यक्रम संगितमाला लाईभ दोहोरी टीका सानू अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरिएको छ ।