शिक्षा मन्त्री पौडेल भन्नुहुन्छ-गणेश मा•बि नमुना बिध्यालयहरु मध्ये पनि नमुना बनोस ।

-


     कालिका दर्शन     
     पौष २१ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका -१३ मा रहेको गणेश माध्यमिक बिध्यालयले ४१ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस भब्य समारोह गरी सम्पन्न गरेको छ।

२०१४ सालमा सुबेदार नैनसिंह खत्रीको अगुवाईमा स्थानियबासिहरुले स्थापना गरेको बिध्यालय बिभिन्न आरोह अबरोहबीच पुन:२०३७ साल पौष २० गते हालको ठाउंमा स्थापना गरिएको थियो।२०५३ सालमा आधारभूत तह,२०६३ सालमा माबि तह संचालन भयो। २०६५ सालको एसएलसीमा १७ जना मध्ये १७ जनाले नै एसएलसी प्रथम श्रेणीमा उतीर्ण गरेपछी यो बिध्यालयले चर्चा कमाउन थाल्यो।
बिबिध कार्यक्रमहरुका बीचमा आयोजित बिध्यालयको बार्षिकोत्सबको उद्घघाटन गर्दै शिक्षा ,बिज्ञान प्रबिधि मन्त्री देबेन्द्र पौडेलले सार्बजनिक बिध्यालयहरू मध्ये यस बिध्यालयले गरेको बिकास र प्रगति हेर्दा गणेश माबिको नामै काफी रहेको र बिध्यालयको अमरत्वका लागी ब्यवस्थापन समिति,शिक्षक,अभिभाबक सबै सामुहिक रुपमा लागि रहन आग्रह गर्नु भयो।हालसम्मको प्रगतिका लागी मन्त्री पौडेलले सबैलाई बधाई दिनु भयो।

देशैभरका सार्बजनिक बिध्यालयहरुको शैक्षिक सुधारका लागी आगामी ३ बर्ष भित्र उल्लेख्य कार्य गर्ने गरी योजना बनाएको बताउनु भयो। आगामी बर्ष देखि शिक्षामा बजेट बृध्दि, शिक्षक दरबन्दि मिलान, नया शिक्षा कानुन ल्याएर संघिय शिक्षा ,उच्च शिक्षा तथा प्रदेश शिक्षा ऐन मार्फत आमुल परिबर्तनको दिशामा आफु लागेको उहाले बताउनु भयो।शिक्षकहरुका लागी अस्पताल तथा लाईब्रेयरी स्थापना गर्न लागिएको पनि मन्त्री पौडेलले बताउनु भयो।

आज भोलीका बिध्यार्थिहरुलाई समय सुहाउदो प्रबिधीमैत्री शिक्षण बिधि आवश्यक रहेको बताउदै शिक्षा मन्त्री पौडेलले कागजी शिक्षाको बिकल्प खोज्नु पर्नेमा जोड दिनु भयो। अर्को प्रसंगमा उहाले शिक्षा बाहेक बाटो,खानेपानी,कृषी,पुल तथा भौतिक पूर्वाधार निर्माणमा पनि आफु लागी रहेको बताउनु भयो।

गणेश माबिमा हालको बिध्यार्थि संङ्ख्या
बाल विकासमा ८४, कक्षा १ मा ८६, कक्षा २ मा ४४,कक्षा ३ मा ५१,कक्षा ४ मा ५५, कक्षा ५ मा ५६,कक्षा ६ मा ७९, कक्षा ७ मा ८५,कक्षा ८ मा ७०, कक्षा ९ मा ८०, कक्षा १० मा ८९, कक्षा ११मा २१ तथा कक्षा १२ मा १५ गरी कुल बिध्यार्थि संङ्ख्या ८ सय १५ जना रहेका छन् ।

कक्षागत बिध्यार्थि औषत शैक्षिक उपलब्धि-२०७७
१ कक्षा ७७.०९, २ कक्षा ६७.३५, ३ कक्षा ६७.६८, ४ कक्षा ६५.७९, ५ कक्षा ६६.३८, ६ कक्षा ६२.१२, ७ कक्षा ६०.५०, ८ कक्षा ७०.१०, ९ कक्षा ६४.४४ तथा कक्षा १० मा ३.०६ रहेको छ ।

भाबी योजनाहरु
बिध्यालयलाई शैक्षिक पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने, सुबिधासम्पन्न चमेना गृहको ब्यवस्था, खेलकुद मैदानको ब्यवस्था, पुस्तकालयको उचित ब्यबस्थापन, बिध्यालय रमणिय,हरियाली,बगैंचा सहितको बनाउने,आईसिटी हल सहितको संग्रालय ब्यवस्थित गर्ने,
स्मार्ट टिभी,स्मार्ट बोर्ड आदीबाट प्रभाबकारी शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने,अन्य बिध्यालयसंगको सहकार्यबाट असल अभ्यासहरु आदान-प्रदान गर्ने,दरबन्दी मिलान तथा उचित शिक्षण ब्यवस्थापन गर्ने,स्कुल बस तथा छात्राबासको ब्यवस्था गर्ने,प्रबिधी तथा बाल मैत्री कक्षा कोठाको ब्यवस्थापन,अभिभाबकलाई बिध्यालयप्रति आकर्षण बढाउने,२१ सताब्दि बिश्व परिबेश अनुरुपको दक्ष जनशक्ती उत्पादन,बिध्यार्थिको सुनिश्चित भबिष्यका लागी निरन्तर प्रयत्नशील रहने, बिध्यालयलाई सहयोगका लागी अनुरोध गर्ने तथा शिक्षकहरुका लागी सुबिधा,सुरक्षा,प्रोहोत्साहनको ब्यवस्था गरी मनोबल उच्च राख्ने बुदाहरुलाई समेटिएको छ।

शैक्षिक क्रियाकलापहरु
यस बिध्यालयमा नर्सरी देखि कक्षा १२ सम्म कम्प्युटर बिज्ञान सहित अङ्ग्रेजी माध्यमबाट कक्षा संचालन भैरहेको छ।अभिभाबक भेला,अन्तरक्रिया,हेलो प्यारेन्स,होम भिजिट,प्रत्येक एकाई तथा मासिक परिक्षा लिने र न्युन सिकाई भएका बिध्यार्थिलाई निगरानी बढाउने तथा मासिक हाजिर प्रतिबेदनमा छलफल भएको।नियमितरुपमा ब्यवस्थापन समिति बैठक ३५ पटक बसेको, शिक्षक कर्मचारी बैठक १२ तथा शिक्षक अभिभावक बैठक ३ पटक बसेको।

२९ समिति तथा उपसमिति बनाईएको,एकध्दार लेखा प्रणाली ,सुचना अधिकारीको ब्यवस्था, शैक्षिक ,सामाजिक तथा सहयोगीलाई सम्मान, हप्तामा एक शिक्षकले ४२ पिरियडसम्म अध्यापन, कक्षा ८,९,१० का बिध्यार्थिलाई अतिरिक्त कक्षाको ब्यवस्था, कक्षा १० का बिध्यार्थिलाई कम्तिमा ३ महिना छात्राबासको ब्यवस्था,उत्कृष्ठ शैक्षिक नतिजाका कारण यस बिध्यालय शैक्षिक अवलोकन भ्रमण केन्द्र भएको,अतिरिक्त क्रियाकलापमा उल्लेख्य सहभागी हुने गरेको,अभिभाबकको चासो रहेका कारण शिक्षक कर्मचारीमा उत्साही ,ब्यवस्थापन समितिको सक्रियताले बिध्यालयले निरन्तर प्रगति गरेको छ।
अनुपस्थित बिध्यार्थि र निजले घरमा गर्ने क्रियाकलापको बारेमा अभिभावक र बिध्यार्थिबीच प्रतिबध्दता कायम गरिने, शिक्षक बिध्यार्थिको दैनिक रेकर्ड सुचना पार्टिमा राखिने,Junk food free zone,Mobil phone Free zone,peace Zone को रुपमा बिध्यालय क्षेत्रलाई अगाडी बढाईएको छ।