सिंगानामा ६ दिवसिय श्रीपञ्चमी मेलाको तयारी

-


     कालिका दर्शन     
     पौष २४ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका-८ सिंगानामा श्रीपञ्चमी मेला संचालन गरिने भएको छ। लामिचौर सामुदायिक बिकास केन्द्रको आयोजनामा आगामी माघ १८ देखि २३ गतेसम्म मेला संचालन हुनेछ। बिबिध प्रतियोगिताहरु,ज्ञानबर्धक, मनोरञ्जनात्मक एवं जनचेतना मुलक कार्यक्रम सहित लामिचौरमा मेला गरिने आयोजक संस्थाका सचिब सुदिप परियारले जानकारी दिनु भयो।

मेलामा खुल्ला साविक वार्डस्तरीय पुरुष भलिबल प्रतियोगिता ,छेलो प्रतियोगिता , मा.बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता समाबेस गरिएको छ। यसै गरी भलिबलको प्रथम पुरस्कार नगद ४० हजार ४० तथा दोस्रो पुरस्कार नगद २० हजार २० राखिएको छ।

छेलोको प्रथम पुरस्कार नगद २ हजार तथा दोस्रो १ हजार ५ सय, हाजिरी जवाफको प्रथम पुरस्कार २ हजार, दोस्रो १ हजार ५ सय तथा एकल नृत्यमा प्रथम पुरस्कार ३ हजार, दोस्रो पुरस्कार १ हजार ५ सय रहेको सचिब परियारले बताउनु भयो।