२०४७ सालमा स्थापना भएको गौथलि सामुदायिक विकास केन्द्र काठेखोला गाउपालिका -३ धम्जा माझकटेराले कल्वका पुर्व सदस्य चर्चित गायक सुर्य खडकालाई सम्मानित गरेको छ । आफ्नो जन्म भुमि मा गायक खड्का सहित उनको सम्पुर्ण परिबारलाई समेत सम्मानित गरिएको छ ।
गायक खडका १ दशक देखि जापनमा रहदा नेपाली कला संस्कृति लोक गित तथा संगितको माध्यमबाट आफ्नो जन्मभुमि समग्र नेपाल र राष्ट्रको नाम उच्च राख्न सफल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत संगितलाई चिनाउन अमुल्य योगदानको उच्च कदर गर्दे गायक खड्कालाई सम्मानित गरिएको हो। सम्मानले गायक खडकालाई थप जिम्मेवारी थपिएको महसुस गर्दे आफु लगायत सम्पुर्ण परिबारलाई सम्मानित गरेकोमा खुसि व्याक्त गरे ।
छोटो समय लिएर नेपाल आएका गायक खडका केही सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति राखि सकेका छन भने केही नया सृजनाको छाँयाङकन आफ्नै जन्मभुमि धम्जा माझकटेरामा गरेका छन । गायक खडका राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जापान शाखाका अध्यक्ष समेत हुन ।सम्मानित खड्कालाई कालिका दर्शन परिवारको तर्फ देखि पनि हार्दिक बधाई ।