गुरांसका बिध्यार्थिहरुका लागी ट्राफिक नियम तथा अपराध न्यूनिकरण सम्बन्धी गोष्ठी

-


     कालिका दर्शन     
     पौष २७ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका-३ गुठीमा अबस्थित गुरांस बिध्या सदनमा अध्ययनरत बिध्यार्थिहरुका लागी ट्राफिक नियम तथा अपराध न्यूनिकरण सम्बन्धी बिशेष गोष्ठी संचालन गरिएको छ। सो अवसरमा जिल्ला प्रहरी कार्यालय,बागलुङका प्रहरी निरिक्षक बिराट शर्मा पौडेलले प्रबिधिको प्रयोग र बिकाससंगै बिधृतिय अपराधका घटना न्यूनिकरण सम्बन्धी बिबिध जानकारी दिनु भयो।

बिध्यार्थिहरुसंगको अन्तरक्रियामा प्रहरी निरिक्षक पौडेलले गैर कानुनी काम गर्दा हुने दण्ड सजाय,बिधृतिय अपराधका प्रकार, बढ्दो बिधृतिय सामाग्रीहरुको प्रयोगले बाल बालिकाको मस्तिष्कमा पारिरहेको र पार्न सक्ने प्रभाब,बाल बालिकाको बेच बिखन,ओसार पसार, बाल बिवाह, बाल श्रम शोषण आदीका बारेमा बिध्यार्थीहरुलाई जानकारी दिनु भयो।
समाजका सबै नागरिकले कानुन र संबिधान मान्नु पर्ने उहाले बिध्यार्थिहरुलाई बताउनु भयो।मान्छेले कुन अबस्थामा अपराध गर्न सक्छ र सामाजिक सन्जालको सबल र दुर्वल पक्षबारे चर्चा गर्नु भयो।

यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक बद्री शर्माले धेरै जसो घटना मापसे र हतार गर्नाका कारण भैरहेको बताउदै सबैले ट्राफिक नियम पालना गर्न आग्रह गर्नु भयो।ट्राफिक संकेत,आदेशमुलक चिन्ह,चेतावनीमुलक चिन्ह,जानकारी मुलक चिन्ह आदीबारे जानकारी दिदै शर्माले ढिलो गए अवश्य पुगिन्छ,हतार गरे भन्न सकिन्न भन्ने भनाईलाई स्मरण गर्न आग्रह गर्नु भयो।

बिध्यार्थिहरुसंगको अन्तर संवादमा शर्माले मोटरसाईकलको अगाडी ट्याङ्कीमा बच्चा नराख्न, रोकिराखेको गाडि अघि पछी नहिड्न, सडक पार गर्दा जेब्रा क्रसिङबाट हिड्न,सिट बेल्टको प्रयोग गर्न, लाईनमा बसेर बसमा चढ्न र निस्कन, सडक पार गर्दा मोबाईल नहेर्न, छतबाट यात्रा नगर्न, सडकमा जथाभावी बस नरोक्न, ट्क्टर, ट्रक, खुला भ्यानमा यात्रा नगर्न आग्रह गर्दै कुनै ठाउंमा घटना घटेको देखेमा नजिकैको ट्राफिक कार्यालय, प्रहरी वा १०३ मा खबर गरिदिन आग्रह गर्नु भयो।
गुरांस बिध्या सदनको प्राङ्गणमा आयोजित सो प्रशिक्षण गोष्ठीमा कक्षा ८,९ र १० मा अध्ययनरत बिध्यार्थि र शिक्षकहरु सहभागी हुनुहुन्थ्यो। समाजमा बढ्दै गैरहेका अपराधिक घटना र बाल बालिकामा परिरहेको असर तथा ट्राफिक ज्ञान अभिबृध्दिका लागी यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निसान खड्काले जानकारी दिनु भयो।