एकताको अध्यक्षमा पुन शर्मा चयन

-


     कालिका दर्शन     
     पौष २७ गते २०७८ मा प्रकाशित


एकता सहकारी संस्था लिमिटेड, बागलुङको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १३ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको छ । नव गठित समितिमा ध्रुव प्रसाद शर्मा अध्यक्षमा पुन चयन हुनु भएको छ ।
यसै गरी उपाध्यक्षमा युवराज राजभण्डारी, सचिव महेन्द्र कडेल, सह–सचिव सुनिता पुरी, कोषाध्यक्ष पवन राजभण्डारी चयन हुनु भएको छ । सदस्यहरुमा खगराज शर्मा, हरीराम अधिकारी, बाबुकाजी केसी, कृष्णराज शर्मा, सिर्जु राजभण्डारी, कल्पना श्रेष्ठ, सानु भारी, सिताकुमारी के सी चयन हुुनु भएको छ ।
लेखा समितिको संयोजकमा एक बहादुर के सी तथा सदस्यहरुमा शिवराज शर्मा र रितादेवी शर्मा चयन हुनु भएको छ । सहकारीले १ करोड १६ लाख ९३ हजार नाफा गरेको सभामा जानकारी दिइएको थियो । १ हजार २ सय २६ शेयर सदस्य रहेको यस सहकारीको ८ करोड ८९ लाख २८ हजार शेयर पूजी रहेको छ ।