रञ्जिताको मायामा ओवि पागल भएपछि

-


     कालिका दर्शन     
     पौष २७ गते २०७८ मा प्रकाशित


बागलुङ यतिबेला समाजिक सन्जाल टिकटकमा निकै लोकप्रिय बनेको गित हो भिरको खनियो केही दिन मार्फत गायिका अमृता नेपालीको अफिसियल युटुब च्यानलबाट आएको यो गितले लाखौश्रोताको मन जितेको छ । माया प्रेम पछि सुन्दर सपना देखेका आम युवा जोडिहरूको प्रेम छुट्नु पर्दाको पिडालाई टपक्क टिपेर सर्जक रमेश परियारले शब्द संगित कोरेका छन भने थेगो रेसम निर्दोशले कोरेका छन ।
प्रेम सम्बन्ध स्वार्थका हुन्छन् स्वार्थ पुर्ति भएपछि बिछोड हुन्छ , कतिपय प्रेम सम्बन्ध केटाकेटी पनका कच्चा हुन्छन् ती पनि टिक्न सक्दैनन् कतिपय छलछाम गरेर प्रेम सम्बन्ध जोड्छन् र यथार्थ थाहा भएपछि बिछोड हुन्छ । कुनै युवा युवती वास्तवमा एकआपसमा साँच्चिकै प्रेम गर्दछन् र त्यो प्रेममा कहिं कतैबाट अवरोध भएर नचाहेको अवस्थामा छुट्नु पर्यो भने निराशा तनाव पागल जस्तै हुने र आत्महत्या सम्मको परिस्थिति शिर्जना भएको देखिन्छ । यस्तै यस्तै कथामा रहेर यो गित बनेको छ । पछिल्लो समयकि चर्चित निर्देशन स्मृति तिमिल्सिना गुरूआमम को निर्देशन सरेश श्रेष्ठको छाँयाङकन र प्रकास धमलाको सम्पादनमा रहेको भिडियोमा चर्चित मोडल रन्जिता गुरूङ, ओवि रायमाझि र प्रिया सारू मगरको अभिनय रहेको छ ।