रेडक्रस मालिका उपशाखा सभापतीमा सापकोटा चयन

-


     कालिका दर्शन     
     पौष २८ गते २०७८ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाको १३औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा रेशमलाल सापकोटालाई सभापतिमा चयन गरेको छ ।
यसै गरी उप सभापति राधाकुमारी शर्मा, सचिव मातृका आचार्य, सह सचिव बलराम सापकोटा, कोषाध्यक्ष दिपक आचार्य, उप कोषाध्यक्ष दिनेश रेग्मी चयन हुनु भएको छ । सदस्यहरुमा जिवन नाथ शर्मा गोविन्द सापकोटा, कमला सापकोटा, जयभद्र सापकोटा र सितादेवी कंडेल सापकोटा चयन हुनु भएको छ