एकीकृत समाजवादीको बागलुङ काठमाण्डौं सम्पर्क मञ्चको गठन

-


     कालिका दर्शन     
     पौष २८ गते २०७८ मा प्रकाशित


संगठन विस्तारमा जुटिरहेको नेकपा एकीकृत समाजवादीको बागलुङ काठमाण्डौं सम्पर्क मञ्चको भेला काठमाडौमा सम्पन्न भएको छ । पार्टिका स्थायी समितिका सदस्य रामजी प्रसाद शर्मा, केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा तथा जिल्ला संयोजक लाल बहादुर थापाको विशेष उपस्थितीमा संचालित भेलाले राधा खड्का को अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।
मञ्चको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष भारती थापा ,उपाध्यक्ष भुवन शर्मा पौडेल, सचिव दिपक सुनार ,उपसचिव दिपेन्द्र बुढा मगर ,उपसचिव यमकान्त न्यौपाने, उपसचिव ज्योति थापा मगर, कोषाध्यक्ष कल्पना खनाल रहनु भएको छ । यसै गरी सदस्यहरुमा प्रकाश थापा, अम्बिका घिमिरे, मधुसुदन घिमिरे, सफल खनाल, असिम सापकोटा, लक्ष्मी थापा, कल्पना जिसी, निरा श्रेष्ठ, माया खड्का, गीता खड्का, उर्मिला चालिसे, प्रकाश पौडेल, गणेश शर्मा पौडेल, ललित बुढा मगर, तेजेन्द्र रोका, यमुना घर्ति, राधा खड्का, भिमु बुढा मगर चयन हुुनु भएको छ ।