बागलुङ नगरपालिकाले नगरपालिका अन्तरर्गतका सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुले भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्न सुचना जारी गरेको छ । नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलद्धारा जारी सुचना अनुसार पूर्व निर्धारित बमोजिम हाल संचालन भइ रहेका परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सम्पन्न गर्न अनुरोध गरिएको छ । बागलुङ नगरपालिकाले शिक्षा मन्त्रालयको सुचना, कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा हालैका दिनहरुमा कोभिड–१९ को संक्रमण तिब्र रुपमा फैलिरहेको अबस्थालाई हेरेर यो निर्णय गरेको हो ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा पौष २६ मा जारी भएको बिज्ञप्तिमा पौष २७ देखि माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यामिक बिद्यालयहरु बार्षिक विदामा मिलान हुने गरी बिदा दिने उल्लेख गरिएको थियो । बिद्यार्थिहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटको बिषयलाई बिशेष ध्यान दिदै विदा दिइएको मन्त्रालयले जनाएको छ ।
बिदाको यो अवधिमा १२ बर्ष देखि १७ बर्ष उमेर समुहका बिद्यार्थिहरुलाई सबै स्थानिय तहमा रहेका स्वास्थ्य चौकि मार्फत खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसंग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकाहरुलाई पठाइदिन सबै अभिभाबकहरुमा अनुरोध गरिएको छ । साथै विदाको अवधिमा बिद्यालयहरुले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको ब्यवस्था बमोजिम बिद्यार्थिहरुको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन भनिएको छ ।
बिश्व विद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धाििरत सेमेष्टर र बार्षिक परिक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुने गरी जेड आकारमा बसाई ब्यवस्था गरी संचालन गर्ने गरी प्रबन्ध गर्न भनिएको छ ।