बागलुङका प्रमुख जिल्ला अधिकारीद्धारा १६ आदेशहरु जारी

-


     कालिका दर्शन     
     पौष २८ गते २०७८ मा प्रकाशित


कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यजनर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन बुधबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्धारा १६ आदेशहरु जारी भएका छन । बिहीबार रातको १२ बजे पछि अर्कोे सुचना जारी नहुन्जेलसम्मका लागी बागलुङ जिल्लाभर लागू हुने गरी यो आदेश जारी गरिएको छ ।
आदेशमा सबै प्रकारका सभा, सम्मेलन, संचालन नगर्ने । गोष्ठी, सेमिनार, बैवाहिक तथा संस्कारजन्य कार्यक्रम, तालिम गर्दा २५ जना भन्दा बढी सहभागी नगराउने उल्लेख गरिएको छ । मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायत धार्मिक स्थलहरुको प्रबेशद्धारमा हात धुने व्यवस्था गर्ने, भौतिक दूरी कायम राखि लाइन व्यवस्थापन गर्ने उल्लेख छ ।
अत्यावश्यक नियमित कार्यक्रम स्वास्थ्य मापदण्ड भित्र रहेर स्थानिय प्रशासनको अनुमति लिएर मात्र गर्ने । सबै प्रकारका पेशा, व्यवसाय, पसलहरु जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरी संचालन गर्ने । घर बाहिर निस्कनु पर्दा माक्स तथा सेनिटाइजर प्रयोग गर्न आदेशमा भनिएको छ । सांस्कृतिक जात्रा र महोत्सव सांकेतिक रुपमा मात्र गर्ने ।
बिगतमा संचालनमा भएका आइसोलेसन सेन्टरहरु सम्बन्धित सरोकारवाला निकायहरुको आपसी समन्वय गरी तयारी अवस्थामा राख्ने लगायतका आदेश जारी गर्दै सबै व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसाय तथा आमनागरिकले आदेशको पालना गर्नु गराउनु सवैको कर्तव्य हुने उल्लेख गरिएको छ ।