प्रेस चौतारी नेपाल, बागलुङको अध्यक्षमा नविन शिशिर, शर्मा, बोहोरा र पौडेल पुरस्कृत

-


     कालिका दर्शन     
     पौष २९ गते २०७८ मा प्रकाशित


प्रेस चौतारी नेपाल, बागलुङको छैठौं जिल्ला अधिवेशन बिहीबार बागलुङ बजारमा सम्पन्न भएको छ । सो अधिवेशनले नविन शिशिरको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्बसहमतिबाट चयन गरेको छ ।
यसै गरी उपाध्यक्षमा सृजना पन्त र झरना कंडेल, सचिवमा कमल पौडेल, सहसचीवमा अर्जुन कार्की र हेम बिश्वकर्मा , कोषाध्यक्षमा खेमराज गौतम चयन हुुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोरा चयन हुनु भएको छ ।

यसै गरी प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट यहाँका तीन पत्रकार पुरस्कृत हुनु भएको छ । छैठौँ अधिवेशनका अवसरमा विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको हो ।रु। दश हजार राशिको सो पुरस्कार पत्रकार रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल ‘चन्द्र’ले प्राप्त गर्नुभएको हो । शर्माले ०७५, बोहोराले ०७६ र पौडेलले ०७७ को पुरस्कार प्राप्त गर्नु भएको हो ।