जिल्ला सहकारी संघ, बागलुङको अधिवेशन सम्पन्न, अध्यक्षमा जि.सी

-


     कालिका दर्शन     
     पौष ३० गते २०७८ मा प्रकाशित


जिल्ला सहकारी संघ लिमिटेड, बागलुङको १३ औं बार्षिक साधारण सभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । सभाको संघिय सांसद मन कुमारी जिशीले उद्घाटन गर्नु भएको थियो ।
सभाले हुमा कुमारी जि सी अन्जुको अध्यक्षतामा नयां कार्य समिति सर्बसहमतिबाट चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पिङ्गला जिसी, सचिब दुर्बल राजभण्डारी, कोषाध्यक्ष लक्षण पुन चयन हुनु भएको छ । यसै गरी सदस्यहरुमा चिनिमाया काला मगर, खिम कार्कि, लिला खड्का,युक्तजंग राजभण्डारी ,जगन्नाथ सापकोटा, शिब कुमारी खत्री, बृहस्पति कडेल चयन हुनु भएको छ ।
लेखा समिति संयोजकमा मिन बहादुर केसी मिलन तथा सदस्यमा थानेश्वर सुबेदि र कोपिला खरेल चयन हुनु भएको छ ।