सामुदायिक प्रहरीद्धारा भक्तजनलाई माक्स वितरण

-


     कालिका दर्शन     
     माघ १ गते २०७८ मा प्रकाशित


कोरोना भाइरसको तेस्रो लहरले फेरी समुदायमा चिन्ता थपेको छ । बागलुङमा माघ १५ सम्म बिद्यालय बन्द गरिएको छ । भेला, सम्मेलन, तालिम वा अन्तेष्टि आदी कार्यमा २५ जना भन्दा बढी भेला नहुन सरकारले अनुरोध गरिरहेको छ । घर बाहिर निस्कनु परेमा माक्सको प्रयोग गर्न पनि सरकारले आम नागरिकलाई अनुरोध गरेको छ ।

यसै सिलसिलामा रामरेखा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीले कालिका मन्दिरको प्रवेशद्धारमा भक्तजनहरुलाई शनिबार माक्स वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लि मगरको नेतृत्वमा जन चेतना मुलक सन्देश सहित माक्स वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यले जानकारी दिनु भयो ।

नेपालमा ओमिक्रोन फोबियाु फैलँदो क्रममा छ । ओमिक्रोनको घातकता अरू भेरियन्टहरू भन्दा कम देखिएको भएता पनि जोखिम भने यथावत् नै छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्तिमा कोरोना संक्रमितका नमूनाहरूमध्ये एक चौथाइमा एस(जीन नेगेटिभ देखिएको जनाएको छ ।