
बागलुङ नगरपालिका–४ को निर्णयघाटमा बृद्धाश्रम निर्माण हुने भएको छ । संघिय सरकारको विशेष अनुदान रकम २ करोड ५७ लाखको लागतमा १४ कोठा सहितको सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण प्रकृया अगाडी बढेको छ ।
शनिबार बिहान बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बृद्धाश्रमको सिलान्यास गर्नु भयो । ३ तले बृद्धाश्रमको योजना तयार गरिएको भए पनि यसै बर्षको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भुइ तलाको ठेक्का लगाइएको इन्जिनियर मनोज शर्माले जानकारी दिनु भयो । ६ हजार ४ सय ४६ स्क्वायर फिटको सो योजनाको ए व्लक ३ हजार साठी तथा बी व्लक ३ हजार ३ सय ८६ स्क्वायर फिट रहेको इन्जिनियर शमाले जानकारी दिनु भयो ।


