बागलुङमा राष्ट्रिय भुकम्प सुरक्षा दिवसको तयारी

-


     कालिका दर्शन     
     माघ १ गते २०७८ मा प्रकाशित


राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७८ बागलुङमा पनि बिभिन्न कार्यक्रमका साथ मनाईने भएको छ ।
भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिले माघ २ गते मनाइदै आएको कोरोनाको संक्रमण दर बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।
माघ ३ गतेसम्म मनाइने कार्यक्रम अन्तरगत गण्डकी प्रदेश बिपद व्यवस्थापन गुल्मको संयोजनमा भुकम्पीय सुरक्षा सचेतना सम्वन्धी प्रचारप्रसार सामाग्री उत्पादन बितरण, माघ २ गते डेमो प्रदर्शन, पूर्वाधार बिकास कार्यालय सघन सहरी तथा भवन निर्माणको आयोजनामा मुल समारोह, सघन सहरी तथा भवन निर्माणको आयोजनाको संयोजनमा भुकम्प सम्वन्धी पम्प्लेट प्रदर्शन तथा बितरण, भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धी प्रस्तुतीकरण गरिने भएको छ ।
त्यसैगरि नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा स्थानिय रेडियो टेलिभिजनबाट परिसंवाद, स्थानिय पत्रपत्रिकामा भुकम्प सम्वन्धी बिशेषाङ्क प्रकाशन, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघको संयोजनमा जिल्लास्थित अनलाईन मिडियाहरुबाट भुकम्पीय सुरक्षा सचेतना सम्वन्धी ज्याकेट बिज्ञापन प्रकाशन÷ प्रशारण गरिने समितिले जनाएको छ ।