२८ जिल्लामा भूमि आयोग गठन, बागलुङको अध्यक्षमा धर्म कुवंर

-


     कालिका दर्शन     
     माघ २ गते २०७८ मा प्रकाशित


राष्ट्यि भूमि आयोग, बागलुङको अध्यक्षमा धर्म बहादुर कुवंर नियुत हुनु भएको छ । राष्ट्यि जनमोर्चा बागलुङका उपाध्यक्ष कुवरलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नव नियुक्त अध्यक्ष कवंरले भूमि सुधार मन्त्रालयले गत महिनाको २१ गते २८ जिल्लाहरुमा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको जानकारी दिदै राष्ट्यि सभा निर्वाचन आचार संहिता सकिए पछि सदस्यहरु चयन हुने बताउनु भयो । भूमिहिन तथा सुकुम्वासी समस्या समाधानका लागी सबैको सहमति, सुझाब र सहयोगबाट समाधान खोजिने कुवंरले बताउनु भयो ।

जिल्ला समितिमा जिल्ला समन्वय अधिकारी, भूमि सुधार तथा मालपोत अधिकृत प्रतिनिधि, डिभिजन बन कार्यालयका अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी पदेन सदस्य हुनेछन । नापी कार्यालयका प्रमुख सदस्य सचिव रहने छन ।
सुविधाको हिसावले आकर्षण मानिएको आयोगमा जिल्ला अध्यक्षले नेपाल सरकारको सह सचिवले पाए सरहको सुविधा प्राप्त गर्छन । सदस्यले पनि उपसचिव बराबरको सुविधा पाउंछन ा

२८ जिल्लाका अध्यक्षहरु
ताप्लेजुङ – कृष्णकुमार बस्नेत इलाम – भरत बहादुर खत्री ओखलढुंगा – अशोककुमार कार्की पाँचथर– दिनेशकुमार लावती झापा– तिलकसिंह पाण्डे सुनसरी– भगिरत खात्वे भोजपुर – दिलकुमार राई काभ्रे – हरिबहादुर केसी धादिङ– कृष्णप्रसाद अर्याल तनहुँ – रामचन्द्र अधिकारी कास्की – गंगाप्रसाद पोखरेल बागलुङ– धर्मबहादुर कुँवर लमजुङ – दामोदर अधिकारी रुपन्देही– हरिबहादुर आचार्य अर्घाखाँची– यादव घिमिरे गुल्मी– राम मल्ल ठकुरी प्यूठान– इमानसिंह खड्का सुर्खेत– श्रीधर पौडेल दैलेख – नयराम थापा डडेलधुरा– शेरबहादुर भण्डारी कञ्चनपुर– देवेन्द्रराज ढुंगाना उदयपुर– बलबहादुर तामाङ