अन्तर विद्यालय फुटसलको उपाधी सिद्धार्थ शिक्षा सदनलाई

-


     कालिका दर्शन     
     माघ २ गते २०७८ मा प्रकाशित


रस आवर फूटसल प्रा.लिद्धारा आयोजित अन्तर विद्यालय फूटसलको उपाधि सिद्धार्थ शिक्षा सदनले जितेको छ । आइतबार आयोजित फाइनल प्रतिस्पर्धामा सिद्धार्थले आदर्श विद्या मन्दिरलाई पराजित गरेको थियो । रोचक प्रतिस्पर्धाको फाइनलमा आदर्शले २ गोल गर्दा सिद्धार्थले ३ गोल गरेको थियो ।
उपाधि प्राप्त सिद्धार्थले नगद ५ हजार नगद सहित ट्फी हात पारेको छ । यसै गरी उत्कृष्ठ खेलाडीका रुपमा सिद्धार्थका जेनिश थापा तथा हाइ स्कोररमा पनि सिद्धार्थकै दीप श्रेष्ठ घोषित भए । यो प्रतियोगितामा जम्मा १० टिमको सहभागीता रहेको थियो ।