निलगिरी र अन्नपूर्ण बेस क्याम्पमा रमाउंदा

-


     कालिका दर्शन     
     माघ ३ गते २०७८ मा प्रकाशित


खुमेन्द्र भण्डारी, जियोलोजिष्ट / म्याग्दी जिल्लाको अन्नपूर्ण गाउंपालिकामा रहेको निलगिरी हाइडेपावर प्रोजेक्टमा काम गर्ने अवसर मेरो लागी निकै महत्वपूर्ण रहेको छ । भरखरै जसो मेरो अध्ययन सकिएको थियो । नेपालको भु बनोट मेरो लागी, हामी नेपालीहरुको लागी मात्र नभएर बिदेशीहरुका लागी पनि निकै खुल्दुल राख्ने खालको रहेको पाइन्छ ।
निलगिरी र अन्नपूर्ण वेसक्याम्पमा दुइतिरबाट जान सकिने रहेछ । एउटा कास्कीको घान्द्रुक हुदै र अर्काे म्याग्दी तातोपानी रातोपानी हुदै । कालिगण्डकी कोरिडोरबाट ४,५ किलोमिटर नजिक छ । यो स्थानबाट मुक्तीनाथ जान ५, ६ घण्टाको पैदल मार्गबाट जान सकिन्छ । मुक्तीनाथ जाने पुरानो पदमार्ग हुदै अझै पनि विदेशी तथा स्वदेशी पर्यटकहरु हिड्ने गर्दछन ।
चैत्र बैशाख तथा कार्तिक मंसिरको समयमा अलि बढी पर्यटकहरु तेहा जाने रहेछन । यो सिजनमा आन्तरिक तथा बाह्य दुवै पर्यटकहरु यो क्षेत्रमा घुम्न जाने रहेछन ।


निलगिरी हिमालबाट बग्ने निलगिरी खोला आर्थिक सम्बृद्धिको प्रकृतिले दिएको विशेष उपहार हो । हिमालबाट पग्लेको पानी भएर होला प्राय निलगिरी खोला एउटै तहमा बग्ने गर्दछ । हेमखोला हुदै छोटेपा, मालारानीको छुट्टै विशेषता र महत्व छ ।
जब म पहिलो पटक अन्नपूर्ण आधार शिविरको ४ हजार मिटरको हाइटमा पुग्दै थिएं, शुरु शुरुमा त किन आएं जस्तो लाग्यो । वरपर देखिने बिशाल डरलाग्दा पहाडले मनै तर्सायो । केही दिनको बसाई अनि घुमफिरले भने मनलाई यति परिवर्तित गरायो कि त्यो ठाउं नै छोड्न मन लागेन ।
क्षण क्षणमा बदलि रहने वातावरण निकै रमाइयो लाग्यो । तेहाबाट देखिने हिमाल, विशेष प्रकृतिका पहाड जहा प्राय हिउं चमिरहने, निलोपानी, अचम्मका चट्टान, कुहिरो, मध्यान्हमा चल्ने चिसो हावा, हिउंको बर्षा आदीको कसरी बयान गर्ने ।
त्यस क्षेत्रमा रहेका तालहरुको बेलि बिस्तार अर्कै छ । गहिरा तलाउहरु बिहान आइसले जमेका हुन्छन, जब घांम पर्छन अनि विस्तार आइसले पानीको रुप लिने गर्छन । फेरी रातभरी आइस हुन्छन । अग्ला पहाडहरुबाट लामा लामा झर्नाहरुको शौन्दर्य पनि विचित्रको छ ।
यो क्षेत्रमा पाइने चराहरु, जडीबुटीका साथै जिबजन्तुहरु घोरल, बदेल, हिउं चितुवा, पाण्डा आदीले प्रकृतिसंगको उठबसलाई निकै नजिकबाट जोडेको छ । यस क्षेत्रमा पाइने जिबतन्तुको सिकार गर्न पाइदैन । यिनको सुरक्षा तथा वातावरण अध्ययन तथा संरक्षणका लागी पनि प्रोजेक्टले आवश्यक व्यवस्था मिलाएको छ ।


नेपाली लगानीका हाइडे पावरहरु मध्ये निलगिरी प्रजेक्ट विशेष छ भन्ने मलाई लाग्छ । यो प्रोजेक्ट ३ बर्ष अगाडीबाट शुरु भएको हो भने आगामी बर्षको अन्तसम्म निर्माणका सवैकामहरु सकिने लक्ष्य लिइएको छ । निर्माण पुरा भए पछि राष्ट्यि प्रशारणमा जोडिने छ ।
१ सय ११ मेघावार्ड क्षमताको निलगिरी प्रोजेक्ट वरपर मानव बस्ती चाही छैन । करिव २५ अर्ब रुपैया खर्च हुने अनुमान रहेको यो प्रजेक्टमा ४ सय ५३ जना प्राबिधिक सहित कामदारहरु सक्रिय रहेका छन । उनिहरु सबै नेपालीहरु नै हुन । हालसम्म यसको ४५ प्रतिशत कार्य सम्पन्न भैसकेको छ ।
नेपाली प्राबिधिक तथा कामदारहरुका लागी यो प्रजेक्टले सिक्ने सिकाउने विशेष अवसर पनि दिएको छ जस्तो लाग्छ । यहा प्राय नेपाली श्रोत, साधन, शिपको प्रयोग गरिएको छ । यो प्रोजेक्टका कारण तेहा विकास निर्माणमा सहयोग पुगेको छ । कोरिडोर देखि बेसक्याम्प सम्म मोटरबाटो बन्नु धेरै राम्रो काम हो । म्याग्दी जिल्ला हाइडेको उल्लेख्य सम्भावना बोकेको जिल्ला रहेछ । प्राकृतिक शौन्दर्यताको त बयान गरी साध्यै छैन । (अन्तर्वाताका आधारमा )