राष्टिय सभा सदस्यका उमेदवार बागलुङमा

-


     कालिका दर्शन     
     माघ ४ गते २०७८ मा प्रकाशित


यहि माघ १२ गते हुन गैरहेको राष्टिय सभा सदस्यको निर्वाचनका लागी संयुक्त गठबन्धनका साझा उमेदवार मंगलबार बागलुङ आएका छन । यो निर्वाचनका लागी गण्डकी प्रदेशबाट गठबन्धनका ३ जनाले उमेदवारी दिदैछन । चुनावी अभियानलाई सफल पार्नका लागी नेताहरु सहित उमेदवारहरु मतदाताहरुसंग भेटघाट तथा भोट माग्ने अभियानको सिलसिलामा छन ।


राष्टिय सभा सदस्यका लागी गठबन्धनको तर्फदेखि नेकपा माओवादी केन्द्रका २ जना केन्द्रिय सदस्य, संविधान सभा सदस्य, सुरेश आले मगर तथा दलित आयोगका पूर्व सचिव भुवन बहादुर सुनार रहेका छन । त्यस्तै नेपाली काग्रेसको तर्फबाट पुर्व मन्त्रि एवं संविधान सभा सदस्य कमला पन्त रहेकी छिन । आले तनहुं तथा सुनार र पन्त गोरखा घर भएका नेता हुन ।


संघिय सांसद, प्रदेश सांसद एवं पालिकाका प्रमुख र उपप्रमुख यो निर्वाचनका मतदाता हुन । बागलुङका कुल २८ मतदाता मध्ये गठबन्धनसंग १९ जना रहेको नेपाली काग्रेस, बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । गठबन्धनको मतसंख्यालाई आधार मान्दा गण्डकीमा तिनै उमेदवार बिजयी हुने देखिन्छ ।