गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको बागलुङ भ्रमण

-


     कालिका दर्शन     
     माघ ४ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेशका मुख्यमन्त्री कष्णचन्द्र पोखरेल नेपाली मंगलबार दिनभर बागलुङ व्यस्त रहनु भयो । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक बागलुङ आउनु भएका नेपालीलाई मुक्तिनाथ बाबा स्वामी कमलचयनाचार्यले निमन्त्रणा गर्नु भएको थियो । बिहान कुडुले शालग्राम संग्रालयको अवलोकनपछि मुख्यमन्त्रीले सर्बसिद्धिधाम पञ्चकोट तथा गौशालाको अवलोकन भ्रमण गर्नु भयो ।


सो अवसरमा मुख्यमन्त्री नेपालीलाई स्वामी कमलनयनाचार्य तथा क्रृषी प्रपन्नाचार्य लगायतले स्वागत गर्नु भयो । पञ्चकोटमा भैरहेका कार्यहरु तथा भावी योजनाहरुकाबारेमा स्वामी कमलनयनाचार्यले जानकारी गराउदै निर्माण शुरु गरिएको विश्वशान्ति कलशका लागी प्रदेश सरकारबाट सहयोगको अपेक्षा गर्नु भयो ।


जिल्ला प्रशासन कार्यालयमा सुरक्षा तथा कार्यालय प्रमुखहरुसंगको भेटघाटपछि धौलागिरी अस्पतालको मुख्यमन्त्रिले अवलोकन भ्रमण गर्नु भयो । नेपाली काग्रेसको केन्द्रीय सदस्य रमेत रहनु भएका मुख्यमन्त्री नेपालीले पार्टि कार्यालयमा कार्यकर्ता भेटघाटमा सहभागी हुनु भयो । कार्यकर्ता भेटघाट पछि गुठीमा रहेको सामुदायिक पार्क तथा निर्माणाधिन भवनको अवलोकन गर्नु भएको समाजसेवी सहदेव राजभण्डारीले बताउनु भयो । मुख्यमन्त्रीले सामाजिक तथा धार्मिक क्षेत्रहरुको अवलोकन गरी जानकारी लिनु र समास्या समाधानमा रुचि देखाउनु प्रशंसनिय रहेको राजभण्डारीले बताउनु भयो ।


अन्तमा मालढुङ्गा स्थित लक्ष्मीनारायण मन्दिरमा पुजा अर्चनामा सहभागी हुनु भएका मुख्यमन्त्रि नेपालीलाई स्कोन बागलुङका अध्यक्ष प्रमेश्वर आच्युत दासले स्वागत गर्दै त्यस क्षेत्रको योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।