भजन संरक्षणका लागी आर्थिक अभियान

-


     कालिका दर्शन     
     माघ ६ गते २०७८ मा प्रकाशित



जिल्ला भजन संरक्षण समिति, बागलुङले परम्परागत भजन संस्कृति संरक्षण तथा प्रबर्धनका लागी आर्थिक अभियान शुरु गरेको छ । स्थानिय भजनको संरक्षणका लागी मुख्य रुपमा बाद्य बाधनका सामाग्रीहरुको अभाव भएकाले आर्थिक अभियान चलाइएको जिल्ला भजन संरक्षण समितिका अध्यक्ष संगम के.सीले कालिका दर्शनसंगको कुराकानीमा बताउनु भयो ।
तत्काल बाद्य बाधनका सामाग्रीको अभाव भए पनि पुराना लोक भजन बचाउनका लागी प्रशिक्षण केन्द्र नै स्थापना गरी नयां पुराना पुस्तालाई जोडेर अगाडी बढ्ने तयारी समितिले बनाएको छ ।बागलुङमा गाउं ठाउं अनुसार धेरै लय भाकाका राम्रा भजनहरु छन, समयम यसको
संरक्षणका लागी अभियान नचलाउने हो भने हाम्रा मौलिक लय र भाकाका पुराना भजन हराउने निश्चित छ । त्यसैले सबैसंगको सहकार्य र सहयोगमा आर्थिक अभियान मार्फत भजन संस्कृति जोगाउने अभियानमा लागिएको अध्यक्ष के.सीले बताउनु भयो ।
हालसम्म १ लाख ७३ हजार ४ सय ६७ रुपैया संकलन भैसकेको, यो अभियानबाट १० लाख संकलन गर्ने र उद्धेश्य अनुसारका काम गर्ने अध्यक्ष के.सीले बताउनु भयो ।
भजनलाई पछिल्लो समय व्यवसायिक रुपमा अगाडी बढाउने विभिन्न प्रयासहरु भएका देखिन्छन । केही कलाकारहरुले भजनबाटै जिविकोपार्जनका लागी मेहनत पनि गरेका छन ।
भजनलाई व्यवसायिक रुपमा अगाडी बढाउनका लागी शब्द चयन देखि पुराना लय, भाका भुल्न नहुने समितिका सल्लाहकार ८४ बर्षिय दुर्गा बहादुर आचार्यले बताउनु भयो । अरु गित संगितहरु जस्तै भजनलाई संस्थागत रुपमा जोगाउन जिल्ला भजन समितिको अभियानले सफलता पाउने विश्वास आचार्यको छ ।

सहयोगी दाताहरु