नेपाली कांग्रेस, बागलुङको कार्यालय निर्माणका लागी जग्गा छनौट

-


     कालिका दर्शन     
     माघ ७ गते २०७८ मा प्रकाशित


नेपाली कांग्रेस, बागलुङले पार्टि कार्यालय निर्माणका लागी जग्गा खरिद प्रकृया अगाडी बढाएको छ । बागलुङ नगरपालिका वार्ड नं ३ स्थित नारायण चोकको १४ आना २ पैसा जग्गा खरिदका लागी २५ लाख रकम शुक्रबार पेश्की दिइएको छ । उक्त जग्गाको मूल्य २ करोड ५ लाख रहेको बताइएको छ । स्थानिय इश्वर राजभण्डारी तथा कृष्णशंकर श्रेष्ठको नाममा रहेको उक्त जग्गा ६ महिना भित्र नामसारी गरिसक्ने जग्गा खरिद तथा भवन निर्माण समितिका सह संयोजक सहदेव राजभण्डारीले बताउनु भयो ।
सह संयोजक राजभण्डारीका अनुसार १४ आना २ पैसामा अझै केही जग्गा थप्ने प्रयास पनि गरिएको छ । १ बर्ष भित्रमा कार्यालय निर्माणको काम सक्ने गरी त्यसको डिजाइन इष्टीमेट शुरु गरिने उहांले बताउनु भयो ।

.