सशस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेल सम्मानित

-


     कालिका दर्शन     
     माघ ९ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन बागलुङ
सशस्त्र प्रहरी बल नेपालको २१ औ बार्षिकोत्सब बिबिध कार्यक्रम सहित देशभरका युनिटहरूमा संचालन भएका छन ।बलले हरेक बर्ष बिभिन्न क्षेत्रमा योगदान गरे बापत सशस्त्र प्रहरी कर्मचारीहरू लाई सम्मान गर्दे आएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यबस्थापन तालिम शिक्षालय लामापाटन पोखराले बलको २१ औ बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा सोहि शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेललाई सम्मान गरेको हो । पौडेलले तालिम शिक्षालयमा रहि अनुशासित तबरबाट संगठन र
तालिम शिक्षालयलाई उन्नती र प्रगतिको लागि पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दे निरीक्षक पौडेललाई तालिम शिक्षालयका समादेशक कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रेशमकुमार थक्सुले प्रशङसा पत्र द्वारा सम्मान गर्नु भएको हो । पौडेल प्रशासनिक काम कार्वाही देखि विभिन्न तालिमहरूको राम्रो अनुभव भएको अफिसरमा चिनिने गरिन्छ ।