
निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्ति मार्फत स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलद्धारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा निर्वाचन सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकाले म्याद सम्पन्न नहुदै निर्वाचन गर्नु पर्ने उल्लेख गरेको छ ।
स्थानीय निर्वाचनकै बिषयलाई लिएर पहिलो पटक २०७८ कार्तिक ८ गते तथा दोस्रो पटक २०७८ पुष ९ गते प्रधान मन्त्रीज्यूलाई आयोगका पदाधिकारीहरुद्धारा भेटेर निर्वाचनका सम्बन्धमा भएका संबैधानिक तथा कानूनी व्यवस्था र स्थानीय तहका पदाधिकारीहरुको पदावधि सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराइएको उल्लेख गरेको छ ।
२०७९ बैशाक मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग तयारी अवस्थामा रहेको समेत जानकारी गराएको छ ।
