गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी

-


     कालिका दर्शन     
     माघ १२ गते २०७८ मा प्रकाशित


बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए ।महिला कोटामा कांग्रेसकी कमला पन्त, माओबादी केन्द्रबाट अन्यमा सुरेश आलेमगर र दलितमा भुवनबहादुर सुनार निर्वाचित हुनु भएको छ ।

कमला पन्तलाई स्थानीय तहबाट ९४ मत ९१६९२ मतभार र प्रदेशसभा सदस्यबाट २९ मत ९१३९२ मतभार प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत ९१३३२ मतभार र प्रदेशसभा सदस्यको २९ मत ९१३९२ मतभार पाउनु भएको छ।
यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत ९१६३८ मतभार र प्रदेशसभा सदस्यको २९ मत ९१३९२ मतभार पाए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ ९१३३२ मतभार र प्रदेशसभा सदस्यको २९ मत ९१३९२ मतभार प्राप्त गर्नु भएको छ ।
यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत ९१६५६ मतभार र प्रदेशसभा सदस्यको ३० मत ९१४४०मतभार पाए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ ९१३५० मतभार र प्रदेशसभा सदस्यको २८ मत ९१३४४ मतभार प्राप्त गर्नु भएको छ ।