सदाशिव प्रा.बि, भान्साको ३० औं बार्षिकोत्सव सम्पन्न

-


     कालिका दर्शन     
     माघ १२ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका वार्ड नं. ६ भान्सामा अबस्थित सदाशिव प्राथमिक विद्यालयको ३० औं बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । कोरोनाका कारण देशै भरका विद्यालयहरु बन्द रहेका कारण पूर्व घोषित कार्यक्रमहरु उपयुक्त समयमा संचालन गर्ने गरी बुधबार संक्षिप्त रुपमा बार्षिकोत्सव संचालन गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले ३० औं बार्षिकोत्सवको उद्घाटन गर्दै सामुदायिक विद्यालयहरुको स्तरबृद्धिका लागी सबैको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनु भयो । बागलुङ नगर क्षेत्रमा २०४८ सालमा स्थापित सदाशिव प्राविलाई समयानुकूल तथा प्रविधिमैत्री रुपमा संचालनका लागी स्थानिय समुदाय तथा अभिभाबकहरु बढी सक्रीय रहन सुझाव दिनु हुदै विद्यालय व्यवस्थापन समितिले तर्जुमा गरेका योजना तथा कार्यक्रमहरुमा नियमित सहभागिता जनाउन र सहयोग गर्नका लागी अनुरोध गर्नु भयो ।


कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सल्लाहकारद्धय गोविन्द आचार्य, कमल सापकोटा आर्थिक संकलन अभियानका संयोजक गुरु प्रसाद सापकोटा तथा पूर्ब विद्यार्थि गोकूल सापकोटाले शुभ कामना व्यक्त गर्दै विद्यालयलाई निरन्तर सहयोग र सहभागिताका लागी प्रतिबद्धता जनाउनु भयो ।
प्रधान अध्यापक लक्ष्मण सापकोटाको संचालनमा भएको कार्यक्रममा बि.व्य.सका सदस्य भुवानीशंकर सापकोटाले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।
बिव्यसका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले कोरोनाका कारण लक्ष्य अनुसार कार्यक्रम संचालन गर्न नसकिए पनि निरन्तरताका लागी आजको कार्यक्रम गर्नु परेको जानकारी दिदै बिद्यालयको गुणस्तरीय शैक्षिक विकास तथा दिवा होष्टेल संचालनका लागी अक्षय कोष अभियानलाई बिस्तार गर्न लागिएको जानकारी गराउनु भयो ।
अध्यक्ष सापकोटाले अभिभाबक तथा शुभेच्छुकहरुबाट हालसम्म १३ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको समेत जानकारी दिनु हुदै न्यूनतम श्रोत साधन प्रयोग गरेर विद्यालय संचालन गर्न समस्या परेकाले सहयोगका लागी सरकार तथा सम्बन्धित सबैलाई अनुरोध पनि गर्नुभयो ।