अनुमति बेगर भिडियो खिचेर सन्जालमा राखे कारवाही हुने

-


     कालिका दर्शन     
     माघ १३ गते २०७८ मा प्रकाशित



गृहमन्त्रालयले बिहीबार एक बिज्ञप्ति प्रकाशित गरी सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न ध्यानाकर्षण गराएको छ ।
व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्विर लिन र सामाजिक सन्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमतिर/सहमति विना कुनैपनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सन्जालहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारवाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको छ ।
सार्बजनिक स्थलहरुमा सर्बसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने क्रियाकलापहरु गरी गोप्य भिडियो बनाई सामाजिक सन्जालहरुमा राख्ने कार्यहरु हुने गरेको भन्ने गुनासो तथा सूचना प्राप्त भएकोले त्यसतर्फ ध्यानाकर्षण भएको गृह मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ

हेनुहोस सूचना