शुक्लागण्डकी, तनहुंमा आइटिएफ तेक्वान्दोको ग्रेडिङ तथा सेमिनार

-


     कालिका दर्शन     
     माघ १३ गते २०७८ मा प्रकाशित


शुक्लागण्डकी आइटिएफ तेक्वान्दो डोजाङमा प्रशिक्षणरत खेलाडीहरुलाइ विशेष प्रशिक्षण सहित बिहीबार बेल्ट प्रमोशन गरिएको छ । नेपाल आइटिएफका सिनियर प्रशिक्षक आकाशचन्द्र घर्तिको नेतृत्वमा खेलाडीहरुलाई विशेष प्रशिक्षण दिइएको थियो । सोही अवसरमा त्याहा प्रशिक्षणरत खेलाडीहरुको पेटी परिक्षा लिइएको थियो । सो परिक्षामा २६ जना खेलाडीहरु सहभागी रहेको घर्तिले जानकारी दिनु भयो । सो अवसरमा रेसिङपाटन तेक्वान्दो एकेडेमीका प्रशिक्षक गोपाल चन्द, एक्लेखेत तेक्वान्दो डोजाङका प्रशिक्षक उत्तम थापा तथा दिपेश मगरले सहजिकरण गर्नुभएको थियो ।


तनहुंका ४ वटा आइटिएफ तेक्वान्दो एकेडेमीमा हाल आइटिएफ तेक्वान्दो खेलको नियमिति प्रशिक्षण भैरहेको छ । गत असोज महिनादेखि तनहुं जिल्लामा शुक्लागण्डकी आइटिएफ तेक्वान्दो डोजाङ स्थापना गरिएको थियो । सो डोजाङको डोजाङ प्रमूख सोम बहादुर गुरुङले नियमित प्रशिक्षण दिइ रहनु भएको छ ।