बागलुङमा तारो खेलको आकर्षण

-


     कालिका दर्शन     
     माघ १४ गते २०७८ मा प्रकाशित


नेपालमा खेलिने मौलिक परम्परागत खेल मध्ये तारो खेल पनि एक हो । यो खेलका सामाग्रीहरु स्थानिय रुपमा नै उत्पादन गर्न सकिन्छ । खास गरी नेपालका आदीवासी जनजातीहरुले यो खेल खेल्ने गरेको पाइन्छ । यद्यपी राष्ट्यि अन्तराष्ट्यि प्रतियोगिताहरुमा यसै खेलसंग सम्बन्धित आर्चरी लगायतका खेलहरुलाई सम्झने गरिन्छ ।


पछिल्लो समय बागलुङका युवाहरु यस खेलप्रति आकर्षित भएर यसको नियमित प्रशिक्षण चलाउदै विभिन्न प्रतियोगिताहरुमा सहभागी समेत हुदै आएका छन । मेला, महोत्सव लयायतका प्रतियोगिताहरुमा पछिल्लो समय तारो खेलले पनि ठाउं पाउदै गएको छ । पछिल्लो चैत्राष्टमी मेलामा पनि तारो खेल समावेश गरिएको थियो । जुन प्रतियोगितामा करिब १ सय खेलाडीहरु सहभागी थिए । दर्शकहरुको उपस्थिती पनि उल्लेख्य थियो ।
ढोरपाटन, तमान, ताराखोलामा युवाहरु आ आफ्नो ठाउंमा सक्रिय छन । विभिन्न स्थानबाट बागलुङ बजार रहेका युवाहरु बानपा ४ स्थित थकाली समाज घरमा नियमित प्रशिक्षणमा रहने गरेका छन । बागलुङमा तारो खेललको सम्भावना र राम्रो भविष्य देखेका रेशम घर्तिमगर जस्ता युवाहरुले साधन श्रोत जुटाउने र खेलाडीहरुलाई संगठित गर्ने भरपुर प्रयास निरन्तर गर्दै आएका छन ।


बागलुङका युवाहरुले निकट भविष्यमा राष्ट्यिस्तरका प्रतियोगिताहरुमा नाम लेखाउने उनै रेशम घर्तिमगरले बताउने गर्दछन । पछिल्लो ४, ५ बर्षमा हामीले धेरै कुराहरु सिकेका छौं, धेरै साथिहरुलाई यो खेलको महत्व र फाइदाबारे बुझाउन सकेका छौं । उनिहरु लागेका पनि छन । अब बागलुङले नि तारो खेलमा नाम कमाउने दिन चाडै आउने घर्तिको विश्वास छ । बागलुङ जनजातिहरुको बाहुल्यता भएको जिल्ला भएका कारण पनि तारो खेलको सम्भावना हामीले राम्रो देखेका छौं । अहिले खेलाडीहरु आफैले लगानी गरेर खेलहरु खेल्नु पर्ने बाद्यता रहेको घर्तिको गुनासो छ । यो खेललाई पनि राज्यले उचित सहयोग र संरक्षण गर्नुपर्ने घर्तिको माग छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय प्रमुख भिमसेन शाक्यले पनि यो खेलको सम्भाबना देख्छन । केही दिन पहिला थकाली समाजको घरमा खेलाडीहरुले प्रशिक्षण लिएको शाक्यले देखें । निकट भविष्यमा प्रदेश तथा राष्ट्यिस्तरको प्रतियोगिताका लागी स्थानिय खेलाडीहरुले स्वस्फूर्त प्रशिक्षण लिइरहेको जानकारी आफुले पाएको शाक्य बताउछन ।