प्रेस सेन्टरद्धारा मानव सेवा आश्रमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

-


     कालिका दर्शन     
     माघ १५ गते २०७८ मा प्रकाशित


प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका समुदायहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल,बागलुङद्धारा शनिवार मानव सेवा आश्रम परिसरमा आयोजित विशेष समारोहमा सेन्टरका पदाधिकारीहरु तथा नेकपा माओवादी केन्द्र बागलुङ संयोजक ज्ञामनाथ गैरे लगायतले उक्त सामाग्री आश्रम संयोजक सुमिरा लामालाई हस्तान्तर गरेका थिए ।


सो कार्यक्रममा नेकपा माओबादी केन्द्र, बागलुङ संयोजक गैरे, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य कोपिला कडेल, प्रदेश उपाध्यक्ष राम थापा, संस्थापक अध्यक्ष बद्री प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ, बागलुङ सचिव बिजय थापा, पत्रकारहरु संगम घर्ति, सिर्जना पन्तले शुभ कामना व्यक्त गरेका थिए । उपाध्यक्ष सज्जन कुमार सिंको अध्यक्षता, सचिव अनिस खातीले संचालन गरेको कार्यक्रममा सहभागीलाई केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीले स्वागत गर्दै कार्यक्रमको उद्धेश्वबारे जानकारी गराएका थिए ।