प्रजिअ मार्फत प्रधानमन्त्रीलाई अखिल, बागलुङको ध्यानाकर्षण पत्र

-


     कालिका दर्शन     
     माघ १७ गते २०७८ मा प्रकाशित



तारा प्रसाद शर्मा, बागलुङ / स्थानिय तहको निर्वाचन समयअवधि भित्र गर्न माग गर्दै अनेरास्ववियु बागलुङले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
स्थानिय तहको निर्वाचन समयअवधि भित्र गरि आन्दोलनबाट प्राप्त लोकतन्त्रको रक्षा गर्न माग गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको हो
बर्तमान सरकारले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरि स्थानिय तहहरुमा जनप्रतिनिधी बिहिन बनाउने उद्देश्यले समयअवधि पुगिसकेको अवस्थामा निर्वाचन नगराउने मनसाय राखेको पाइएकाले समय अवधिमा नै निर्वाचन गराई लोकतन्त्रको रक्षा गर्न ध्यानाकर्षण गराइएको संगठनका जिल्ला संयोजक रोशन कुँवरले जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी ढकाललाई बुझाउँदै संयोजक कुवँरले देशलाई अस्थिरता र पञ्चगामी तर्फ लैजाने कार्य देश र जनताको हित बिपरित हुने भएकाले समय अवधिमै निर्वाचन हुनुपर्ने बताउनुभयो ।
सरकार संविधान माथि नभएकाले संविधानको गलत व्याख्या र लोकतन्त्रको अवमुल्यांङकन नगर्न अनेरास्ववियुले अपिल पनि गरेको छ । अनेरास्ववियुले समयअवधिमै निर्वाचन गर्न सरकारले वेवास्था गरे आन्दोलनमा जाने चेतावनी दिएको छ । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले तत्काल प्रधानमन्त्रिको कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।