दोस्रो गलकोट घुम्टे महोत्सवको आम्दानी खर्च सार्वजनिक
गलकोट घुम्टे पर्यटन विकास केन्द्र गल्कोट बागलुङद्वारा २०७६ सालमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आम्दानी खर्च सार्वजनिक गरीएको थियो ।
महोत्सवमा ६८ लाख ८४ हजार ९ सय ९६ रुपैया आम्दानी हुदा ७१ लाख २५ हजार ७ सय २३ रुपैया खर्च भएको महोत्सवका आर्थिक समिति संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो ।
शर्माका अनुसार नगद हिसाबबाट २ लाख ४० हजार ७ सय २७ भुक्तानी दिन बाँकी रहेको तथा विभिन्न सहयोग दाताहरुबाट १३ लाख ११ हजार उठ्न बाँकी रहेको जानकारी गराईएको थियो ।
समग्रमा महोत्सव १० लाख ७० हजार २ सय ७३ मुनाफामा रहेपनि उठ्न बाँकी रकम नउठ्दा २ लाख ४० हजार ७ सय २७ रुपैया ऋणमा रहेको समिति संयोजक शर्माले जानकारी दिनुभयो ।
त्यसवाहेक विभिन्न संघसंस्था, व्यक्ति, सहयोगदातावाट १३ लाख ११ हजार उठ्न वाकी रहेको उहाँको भनाई थियो । सञ्चार, छपाई, यातायात साउण्ड सिष्टमको गरी २ लाख ४० हजार ७ सय २७ भुक्तानि दिन वाँकी रहेको समितिले जनाएको छ ।