बागलुङमा सक्रिय संक्रमितको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ५ सय ४५ पुगेको हो ।पिसीआर परिक्षणको क्रममा १८ र एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा गरि ५७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
पिसीआर परिक्षणको क्रममा बागलुङ नगरपालिकाका १४, काँठेखोला गाउँपालिकाका २, अन्य २ गरि १८ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १६, बडिगाड ३, बरेङ गाउँपालिकाका १०, निसीखोला गाउँपालिकाका ३, तमानखोलाका २, ताराखोला गाउँपालिकाका १ र अन्य ४ जना गरि ३९ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
यो अवधिमा बागलुङ नगरपालिकाका ३६, गल्कोट नगरपालिकाका १ र बरेङ गाउँपालिकाका ७, काँठेखोला गाउँपालिकाका ५, तमानखोला गाउँपालिकाका २, ताराखोला गाउँपालिकाका ३ र अन्य ४ गरि ५८ जना संक्रमण मुक्त भएको घिमिरेले जानकारी दिनुभयो ।
हालसम्म बागलुङमा २९ हजार ६ सय २५ जनाको परिक्षण गरिएको, ८ हजार ८ सय ४ जनामा संक्रमण देखिएको, ८ हजार १ सय ८७ जना संक्रमण मुक्त भएको र ७२ जनाको ज्यान गएको उहाँले बताउनुभयो ।
हाल बागलुङ नगरपालिकामा सवैभन्दा बढि २ सय ६५ जना र सवैभन्दा कम बडिगाड गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ५ सय ४५ मध्ये ५ सय ४२ जना होम आइसोलेशन र ३ जना अस्पतालमा उपचाररत रहेको घिमिरेले जानकारी दिनुभयो ।
यसै गरी पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार १ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभर रहेका बिभिन्न अस्पताल र होम आइसोलेशनबाट गरि आठ हजार १ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
हालसंक्रमण मुक्त हुने दर ९० दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा १६ हजार ८८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरि पाँच हजार २ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दश हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जना र पाँच हजार ७ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८ सय २० जना गरि पाँच हजार २ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ ।
योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ४३ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २ सय ७२ रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।