निर्णायक खेलमा वेष्ट ईन्डिजको विजयी

-


     कालिका दर्शन     
     माघ १७ गते २०७८ मा प्रकाशित


निसान खड्का/ वेष्ट ईन्डिजको विर्जटाउनमा भएको पांचौ तथा निर्णायक टि- ट्वान्टी क्रिकेट खेलमा वेष्ट इन्डिजले घरेलु मैदानमा इंग्ल्याण्डलाई १७ रनले पराजित गरेको छ।
१८० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६२ रनमा १९.५ ओभर खेल्दै अलआउट भएको थियो।।।
कप्तान किरन पोलार्ड र रोभमान पावेलको उत्कृष्ट व्याटिङमा पहिलो ईनिङमा वेष्ट इन्डिजले १७९ उच्च स्कोर बनाउन सफल भएको थियो।।।
इंग्ल्याण्डको तर्फदेखि अदिल रशिद र लियाम लिभिङस्टोनले समान २-२ विकेट लिएका थिए।।
१८० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड १६२ रनमै समेटिएको थियो।।।
इंग्ल्याण्डका जेम्स भिन्स र स्याम विलिङ्गले उत्कृष्ट खेल प्रदर्शन गरेपनि अन्य व्याट्सम्यानले उल्लेखनीय खेल खेल्न नसक्दा निर्णायक खेलमा पराजित भएको छ।।
वेष्ट इन्डिजको तर्फदेखि जेसन होल्डरले उत्कृष्ट वलिङ गर्दै २.५ ओभरमा २७ रन खर्चदै ५ विकेट हात पारेका थिए भने अर्का वलर अकेल होसेनले ४ विकेट लिएका थिए।।
५ खेलको प्रतियोगितामा १५ विकेट लिदैं ३७ रन बनाएका वेष्ट इन्डिजका जेसन होल्डर उत्कृष्ट खेलाडी घोषित भएका थिए।