रोटरी क्लव पर्वतद्वारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

-


     कालिका दर्शन     
     माघ १८ गते २०७८ मा प्रकाशित


समृद्ध खवर रोटरी क्लव अफ पर्वतद्वारा फलेवास नगरपालिका, वडा नं. १ कार्र्कीनेटा तथा वडा नं. २ थापाठानाका अति विपन्न परिवारलाई न्यानो कपडा सिरक वितरण गरिएको छ ।
शनिवार कार्कीनेटा तथा थापाठानामा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष एवम् कांग्रेस नेता विश्व प्रकाश प्रसाईले आफ्नो पसिनाको केही अंश छुट्टाई दिनदुखीको सेवामा समर्पित गर्नु रोटरीको विषेषता रहेको भन्दै यस किसिमका कार्यले जहाँ पीडा, त्यहाँ रोटरी भन्ने उक्तिलाई सार्थकता दिएको वताउनु भयो । उहाँले सडक, सञ्चार, विद्युत जस्ता भौतिक विकासले तिव्र गति लिएपनि दिनदुखीको कष्टकर जीवनमा राज्यको ध्यान पुग्न नसकेको भन्दै यस किसिमका साना तर लक्षित वर्ग केन्द्रित सहयोगले गरिवलाई राहात पुग्ने वताउनु भयो । उहाँले रोटरी गैर राजनीतिक सेवामुलक संस्था भएको वताउदै मानवीय सेवामा अभियानमा सवैसंग सहकार्य हुन सक्ने भन्दै यि दुई वडामा लक्षित वर्गसम्म पु¥याउन सहयोग गरेकोमा नेपाली कांग्रेस, फनपा वडा नं. १ र २ वडा समितिलाई धन्यवाद दिनु भयो । उहाँले सेवा भाव विनाको राजनीति अर्थहिन हुने भन्दै मानवीय सेवामा समर्पित हुन सवै राजनीतिक दललाई आह्वान समेत गर्नु भयो ।
न्यानो कपडा वितरण कार्यक्रम अन्र्तगत फनपा वडा नं. २ थापाठानामा विशिष्ट अतिथिको आसनवाट वोल्दै वडा अध्यक्ष गंगा नारायण श्रेष्ठले अरुको भलो गर्नु पुण्य र अरुलाई कुभलो गर्नु पाप भएको भन्दै रोटरीले थापाठानामा आएर वडाको ध्यान पुग्न नसकेको क्षेत्रमा राहात उपलव्ध गराई दिएको आभार व्यक्त गर्नु भयो । उहाँले विगत देखि रोटरीले थापाठानामा विद्यालय लगायतका क्षेत्रमा सहयोग गर्दै आएको र भविस्यमा पनि निरन्तर सहकार्य हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष शिव प्रसाद शर्माले समस्यामा रहेको ठाँउमा रोटरीलाई संझना अनुरोध गर्दै क्षमता अनुसारको सहयोग लिएर आउने विश्वास दिलाउनु भयो । कार्यक्रममा नेपाली कांगेस पर्वतका जिल्ला सहसचिव अज्युत तिवारीले राजनीतिक पाटीहरु जनताको ससाना समस्यालाई विश्लेषण गरी समाधानमा लागि पर्नुपर्ने भन्दै रोटरी जस्ता संस्थाको साथ र सहयोगप्रति नेपाली कांग्रेस आभारी रहेको वताउनु भयो । नेपाली कांग्रेस, पर्वत ख का क्षेत्रिय सचिव ठाकुर रसाईलीले सहयोग सानो भएता पनि जाडोमा कठ्याङग्रीएको एउटा गरिवलाई न्यानो सिरक सवै भन्दा महत्वपुर्ण हुने वताउनु भयो ।
कार्कीनेटामा आयोजित कार्यक्रममा फलेवास नगरपालिका १ का वडा सचिव तिलाकान्त शर्माले रोटरी क्लवलाई आमन्त्रण गरी नेपाली कांग्रेसले अति विपन्न वर्गमा राहात पु-याउनु सह्रानीय रहेको वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस फनपा १ का पुर्व सभापति विश्वराज शर्मा, कांग्रेस पर्वत पोखरा सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद शर्मा, युवा व्यवसायी शंकरलाल श्रेष्ठ, डहरेदेउराली युवा क्लवका अध्यक्ष सुवास पौडेल लगायतले रोटरी क्लव अफ पर्वतको मानवीय सेवाको खुलेर प्रशंसा गर्नु भएको थियो ।
कार्कीनेटामा आयोजित कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष उत्तम प्रसाद अधिकारीले, स्वागत कांग्रेस फनपा नगर सचिव चित्र प्रसाद शर्मलो र स्वागत नेपाली कांग्रेस फनपा १ का वडा सभापति देवि प्रसाद शर्माले गर्नु भएको थियो । यसै गरी थापाठानमा आयोजित कार्यक्रमको अध्यक्षता क्लवका आगामी अध्यक्ष कृष्ण प्रसाद शर्माले, स्वागत क्षेत्रीय प्रनिनिधी राजेन्द्र क्षेत्री र दुवै स्थानमा आयोजित कार्यक्रमको सञ्चालन क्लवका सचिव योगराज गिरीले गर्नु भएको थियो ।