बागलुङमा थप ४७ जनामा कोरोना संक्रमण

-


     कालिका दर्शन     
     माघ १८ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधि थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर परिक्षण र एन्टीजेन परिक्षणका क्रममा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । पिसीआर परिक्षणको क्रममा १२ र एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा गरि ४७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
पिसीआर परिक्षणको क्रममा बागलुङ नगरपालिकाका १२ जना र एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १३, बरेङ गाउँपालिकाका ४, निसीखोला गाउँपालिकाका १०, ताराखोला गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ गरि ३५ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । यो अवधिमा बागलुङ नगरपालिकाका १२, काँठेखोला गाउँपालिकाका ३, जैमिनी नगरपालिकाका १, ताराखोला गाउँपालिकाका १ र अन्य ८ गरि २५ जना संक्रमण मुक्त भएको घिमिरेले जानकारी दिनुभयो । हाल जिल्लामा बागलुङ नगरपालिकामा सवैभन्दा बढि २ सय ७८ र सवैभन्दा कम बडिगाड गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै तमानखोला गाउँपालिकामा ५७, बरेङ गाउँपालिकामा ५४, गल्कोट नगरपालिकामाा ४०, ताराखोला गाउँपालिकामा ३९, ढोरपाटन नगरपालिकामा १९ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरि काँठेखोला गाउँपालिकामा १६, निसीखोला गाउँपालिकामा १६, जैमिनी नगरपालिकामा ८, र अन्य ३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६७ पुगेको छ ।