मैत्रीपुर्ण खेलमा नेपालको लगातार दोश्रो जित

-


     कालिका दर्शन     
     माघ १८ गते २०७८ मा प्रकाशित


अभिषेक कटुवाल क्षेत्री/ आज भएको दोश्रो मैत्रीपुर्ण खेलमा नेपालले मरिसियस माथि रोमान्चक जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जिताउन सुजल श्रेष्ठले निर्णायक गोल गरे। खेलको दशौ मिनेटमा नबिन गुरुङले प्रहार गरेको कर्नर बलमा अशिश लामा को प्रहार लाई सदुपयोग गर्दै सुजल श्रेष्ठले चलाखीपुर्ण गोल गरेका थिए र गोल भएको केही मिनेटमै डि बकस भित्र मरिसियस का कप्तानलाई नेपाली खेलाडी दिनेश राजबन्शी ले लडाउदा मरिसियस ले पेनाल्टी को अवसर पाएको थियो जुन पेनाल्टी लाई नेपाली गोलरक्षक किरन चेम्जोङले बिफल बनाइदीएका थिए र खेल को ३५ औ मिनेटमा मरिसियस का गोलरक्षक आफ्नो स्थान मा नरहेको बेलामा तेज तामाङ ले प्रहार गरेको चलाखी पुर्ण प्रहार बहिरीएको थियो।

अगिल्लो खेल भन्दा आक्रमक खेल प्रदर्शन गरेको मरिसियस ले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। प्रतिस्पर्धात्मक रुपमा अगि बढेको खेलमा दुबै टोलि ले अवसर हरु सिर्जना गरेका थिए दोश्रो हल्फको सुरुवती मिनेटमा सुजल श्रेष्ठ को फ्रीकिक मा मनिस दाङी को प्रयास बहिरिएको थियो त्यस्तै ६७ औ मिनेटमा मरिसियस का कप्तान सोफि ले प्रहार गरेको उत्कृष्ट प्रहार नेपाली गोलरक्षक चेम्जोङले बिफल पारिदिएका थिए ।

खेलको ६८ औं मिनेटमा मरिसियसका खेलाडीले अन्जन बिष्टलाई फल गरेपछि खेल केही बेर तनाबग्रस्त बनेको थियो, खेलमा मरिसियसका २ खेलाडी र नेपालका एक अफिसियल र एक खेलाडीले रातो कार्ड का कारण मैदान बाहिरिन परेको थियो। खेलमा उत्कृष्ट प्रदशन गरेका नेपाली कप्तान किरन चेम्जोङ म्यान अफ द म्याच घोसित भए ।