अनुभवी पत्रकार बिदुर खड्काको निधन

-


     कालिका दर्शन     
     माघ १९ गते २०७८ मा प्रकाशित


२००० मा जन्मेर बागलुङमा लामो समय निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल बिदुर खड्काको बुधबार बिहान निधन भएको छ । मृगौला प्रत्यारोपण पछि प्राय निवासबाट काम गरिरहनु भएका खड्काको ७८ बर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उहांका ३ छोरा रहेका छन । श्रीमती गंगाको २०६५ असार १८ गते निधन भएको थियो । खड्काको अन्तेष्टी बागलुङमै हुने बताइएको छ ।
गोरखापत्रमा २०२२ सालमा आबद्ध भए पछि खड्काले २०२८ सालमा धौलाश्री नामक पत्रिका प्रकाशनको शुरुवात गर्नु भएको थियो । उक्त पत्रिका साप्ताहिक हुदै दैनिक रुपमा पनि चलेको थियो । पछिल्लो समय २०६३ बाट अनलाइन पत्रकारिता क्षेत्रमै क्रियाशिल खड्का सो पत्र्रिकाको प्रधान सम्पादक हुनुहुन्थ्यो । खड्का तत्कालिन धौलागिरी पत्रकार महासंघको २०५७ मा सस्थापक संयोजक समेत रहनु भएको थियो ।
यसै गरी कालिका भगवती गुठीको सदस्य, पूर्व जिल्ला पञ्चायत सदस्य, नेपाल बाल संगठनको पूर्व कन्द्रिय सदस्य, शाहि शाषनकालमा बागलुङ नगर प्रमुख लगायत धेरै संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो । उहांले २०६५ सालमा बागलुङका पवार खड्का नामक पुस्तक पनि प्रकाशन गर्नु भएको थियो ।
राप्रपाको राजनीतिमा रहेर केन्द्रिय सदस्य समेत हुनु भएका खड्काले गोर्खा दक्षिण बाहु चौथा, शुभराज्याभिषेक पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक तथा ईजिप्टका राष्ट्पति अनवर अल सादातबाट प्रदान गरिएको पदकबाट बिभुषित हुनुहुन्थ्यो ।