माओवादी गल्कोटको अध्यक्षमा तिलक उप्रेति चयन

-


     कालिका दर्शन     
     माघ १९ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र गलकोट नगर समितिले बुधबार देखि पदाधिकारी पाएको छ । नगर अधिवेशन सम्पन्न भएको करिब २ महिना पछि सर्बसम्मत रुपमा ६५ सदस्यीय नगर समिति चयन गरिएको छ । पदाधिकारीहरुमा आकांक्षीको संख्या बढी भएपछि पदाधिकारी चयन हुन सकेको थिएन । बुधबार चयन भएका पदाधिकारीहरुमा अध्यक्ष तिलक उप्रेती , उपाध्यक्ष गंगा भुजेल , ललित श्रीस, बिस्नु खत्री सचिब चन्द्र दत्त रेग्मी कोषाध्यक्ष कौसिला घर्ती सहसचिव भिम बहादुर बिक रहेका छन । नव निर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज बलावति शर्मा, जिल्ला संयोजक अनिल गैरे लगायतले शुभ कामना दिएका थिए ।