बागलुङ जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा रहेको बिभिन्न अस्पताल र होम आइसोलेशनबाट गरि ४९ जना संक्रमण मुक्त भएका हुन् । धौलागिरि अस्पतालमा उपचाररत १ जना र होम आइसोलेशनमा रहेका ४८ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो अवधिमा बागलुङ नगरपालिकाका २४, बरेङ गाउँपालिकाका ३, जैमिनी नगरपालिकाका १, ताराखोला गाउँपालिकाका १२, तमानखोला गाउँपालिकाका ४, गल्कोट नगरपालिकाका १ र अन्य १ गरि ४९जना संक्रमण मुक्त भएको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
यस्तै पिसीआर र एन्टीजेन परिक्षणका क्रममा थप २९ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । पिसीआर परिक्षणको क्रममा ३ र एन्टीजेन परिक्षणका क्रममा २६ जनामा गरि २५ जनामा कोरोना देखिएको घिमिरेले जानकारी दिनुभयो । पिसीआर परिक्षणको क्रममा बागलुङ नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १०, बरेङ गाउँपालिकाका १, तमानखोला गाउँपालिकाका ११, ताराखोला गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका २ गरि २६ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो