ख्याति प्राप्त कलाकार विष्णु खत्रि नेकपा माओबादी केन्द्र, गलकोट नगर समितिको उपाध्यक्षमा सर्बसम्मत निर्वाचित हुनु भएको छ । बुधबार गल्कोटमा सम्पन्न नगर बैठकबाट उपाध्यक्षमा चयन भएपछि अव विष्णुको राजनीतिक सक्रियताले कस्तो मोड लेला भन्ने चर्चा शुरु भएको छ ।
गल्कोटदेखि बागलुङ बजार अध्ययनको सिलसिलामा आए देखि विद्यार्थि राजनीतिमा सक्रिय खत्रि पार्टिको मुख्य मुख्य कार्यक्रमहरुमा जनवादी गित संगित मार्फत सक्रियता देखाउदै आउनु भएको छ । नगर समितिमा यस अघि देखिनै टिममा रहेर काम गर्नु भएका खत्रि अवको दिनमा गित संगित तथा कलाकारितासंगै प्रत्यक्ष्य जनताको माझमा रहेर सेवा गर्ने उद्धेश्यले राजनितिमा सक्रिय हुन लागेको बताउनु भयो ।
माओबादी पार्टिमा युवा पुस्तालाई अझै आकर्षित गरी युवा केन्द्रित संगठन र बिकास निर्माणमा नेतृत्वदायी भूमिकाको आवश्यकता आफुले देखेको उहांले बताउनु भयो । झण्डै १ हजार गित संगितमा प्रत्यक्ष जोडिएका खत्रिले आफु जहां रहे पनि गित संगित छोड्न नसक्ने बताउनु भयो । जनताको माया र सदभावले जुन उचाई प्राप्त गरेको छु त्यो मैले कहिल्यै भुल्ने छैन भन्दै बिकास, समृद्धि र जनजिविकाको सवालमा जनतासंग निकट रहनु पर्ने देखेर राजनितिमा सक्रिय रहेको खत्रि बताउनु हुन्छ ।
जनताको बिचमा रहेर गित संगित मार्फत जनताको भाषा बोल्दै गर्दा धेरै साथिभाईहरुले राजनितिमा पनि भूमिका निर्वाह गर्न आग्रह गरेको र आफुले पनि जनताका लागी थप केही गर्न सक्छु भन्ने आत्मविश्वासका साथ जनताको सेवा गर्न लागेको बताउनु भयो । उहांले मेरो राजनितिक सक्रियता र जनतासंग प्रत्यक्ष जोडिन लागेको सेवा भावलाई पवित्र किसिमले बुझिदिन सबैमा आग्रह गर्दै सबैको सल्लाह र सहयोगको अपेक्षा गर्नु भयो ।