भूमि आयोगका अध्यक्ष कुवंरको पद बहाली

-


     कालिका दर्शन     
     माघ २० गते २०७८ मा प्रकाशित


राष्ट्यि भूमि आयोग जिल्ला समिति,बागलुङका नव नियुक्त अध्यक्ष धर्म कुवंरले पद बहाली गर्नु भएको छ । जिल्ला समन्वयव समितिमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष धर्म कुवंरले पद बहाली गर्नु भएको हो । भूमि व्यवस्था मन्त्रालयको निर्णय अनुसार नियुक्त हुनु भएका अध्यक्ष कुवंरले राष्ट्यि भूमि आयोगको केन्द्रिय कार्यालयमा यस अघि नै सपथ लिनु भएको थियो ।


पद बहाली कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायतले शुभ कामना दिनु भएको थियो । आयोगमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बन र मापपोत कार्यालयका प्रमुख/ प्रतिनिधि पदेन सदस्य रहने प्रावधान छ । नापी कार्यालयका प्रमुख सदस्य- सचिव रहनु हुनेछ । यसै गरी सरकारले ३ जना सदस्य चयन गर्न बाकी रहेको छ ।


पद बहाली पछि कालिका दर्शनसंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष कुवंरले यस अघि आयोगले गरेका कामहरुको अध्ययन गरी आवश्यक निर्णय लिइने बताउनु भयो । सबै भन्दा पहिला जिल्लामा सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुको बिवरण संकलन गरी नियमानुसार बैठक बसी काम गरिने बताउनु भयो । छिट्टै समितिले पूर्णता पाउने भनिएको छ, समितिले पूर्णता पाउदा साथ कार्यविधी तयार गरी काम गरिने अध्यक्ष कुवंरले बताउनु भयो ।