बागलुङमा सक्रिय संक्रमितको संख्या क्रमश घट्दै

-


     कालिका दर्शन     
     माघ २० गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लामा सक्रिय संक्रमितको सँख्या क्रमश घट्दै जान थालेको छ । केहि दिन अगाडि भन्दा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै जान थालेको हो ।
केहि दिन पहिले करिव ६ सयको हाराहारीमा पुगेको सक्रिय संक्रमितको संख्या पछिल्लो समय घटेर ४ सय ८४ मा झरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना आइसोलेशन मुक्त भएसंगै सक्रिय संक्रमितको सख्या पनि घटेको हो ।
यो अवधिमा सवैभन्दा बढि बागलुङ नगरपालिकाका ३४ जनाले कोरोना जितेर संक्रमण मुक्त भएका छन् । त्यसैगरि तमानखोला गाउँपालिकाका १६, बरेङ गाउँपालिकाका ७, ढोरपाटन नगरपालिकाका ६, काँठेखोला गाउँपालिकाका ३, जैमिनी नगरपालिकाका ३, ताराखोला गाउँपालिकाका ३ र गल्कोट नगरपालिकाका २ जना संक्रमण मुक्त भएको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
यसैगरि २४ घण्टाको अवधिमा पिसीआर परिक्षणका क्रममा ३ र एन्टीजेन परिक्षणका क्रममा १९ जना गरि २२ जनामा कोरोना देखिएको घिमिरेले जानकारी दिनुभयो । पिसीआर परिक्षणको क्रममा बागलुङ नगरपालिकाका २ र अन्य १ जना गरि ३ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १०, गल्कोट नगरपालिकाका ८ र अन्य १ गरि १९ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । हाल जिल्लामा बागलुङ नगरपालिकामा सवैभन्दा बढि २ सय ४५ र सवैभन्दा कम बडिगाड गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै देखिएको छ ।
२४ घण्टाको अवधिमा देशभर गरि आठ हजार ७ सय २३ जना कोरोना मुक्त भएका भएको तीन हजार १ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १२ हजार ६ सय ५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार १ सय ७५ जनामा सङ्क्रमण देखिएको हो । दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि दुई हजार ५ सय ७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ६६ हजार ५ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ६३ हजार २ सय ९६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।